२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


पोखरामा १० जनामा कोरोना पुष्टि , धरानमा दुई नर्सलाई संक्रमण देखियो


0
Shares

पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकीले आज(शनिबार) १० जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

पोखरा–५ का ३९ वर्षीय पुरुष, पोखरा – ८ का ३५ वर्षीय पुरुष र १५ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी तनहुँका २ जना, बागलुङका २ जना, गोरखा , स्याङजा र नवलपुरका १–१ जना गरि १० जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लगिएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको छ ।

त्यस्तै यता, सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत दुई नर्समा कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिष्ठानको एमआईसीयूमा कार्यरत २ जना नर्समा कोरोना देखिएको हो ।

उनीहरुको प्रतिष्ठानकै कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रतिष्ठानका मेडिसिन विभिाग प्रमुख डाक्टर संजिवकुमार शर्माले जानकारी दिनुभयो ।

यस अगाडी प्रतिष्ठानकै दुई जना डाक्टरमा समेत कोरोना देखिए पछि उनीहरुपनि उपचारका लागि कोभिड अस्पताल भर्ना गरीएको डाक्टर शर्माले जानकारी दिनुभयो ।