१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लिदी पहिरोमा हराइरहेकाहरुको खोजी जारी, मृतक सबैको सामुहिक अन्त्येष्टी गरियो


0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को लिदी पहिरोमा हराइरहेकाहरुको खोजी कार्य जारी छ ।

बर्षा नरोकीएका कारण पहिरोमा हराइरहेकाहरुको खोजीमा समस्या भइरहेको छ ।

शुक्रबार दिनभरि खोजी गर्दा ११ जनाको शव भेटिएको थियो भने शनिबार उद्धार र खोजी भईरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

पहिरोको जोखिम भएका घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

हालसम्म पहिरोमा परि मृत्यु भएका ११ जनाको सनाखत भइसकेको छ ।

मृत्यु हुनेमा लिदीका टीका माया दोङ, छिरिङ दोङ, जिताई झाक्री, मिलन दोङ, सानू दोङ, जय बहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धन माया दोङ र रिमेक्स दोङ रहेका छन् ।

मृतक सबैको सामुहिक रुपमा बौद्ध परम्परा अनुसार लामाहरुबाट अन्त्येष्टी गरिएको छ ।