
हेटौंडा, साउन ३१ । मकवानपुरमा शनिबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमध्ये हेटौंडा उपमहानगरपालिकाका १२ जनासहित मनहरी गाउँपालिका वडा नम्बर–७ का एकजना पुरुष रहेको कर्रास्थित आइसोलेसन वार्डका इन्चार्ज भोलाप्रसाद चौलागाइँले जानकारी दिनुभयो ।
त्यस्तै, हेटौंडा बस्ने तर पर्सा घर भएका चारजना, बारा घर भएका एकजना, रौतहट घर भएका एकजना र उदयपुर घर भएका एकजनामा कोरोना पुष्टि भएको हो ।
हेटौंडा वडा नम्बर–८ का तीनजना, वडा नम्बर–४ का तीनजना, वडा नम्बर–६ का दुईजनासहित वडा नम्बर–३, १०, ५ र १८ का एक/एकजनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्