काठमाडौं, साउन ३१ । काठमाडौंको टोखा नगरपालिका–९ मा धारिलो हतियार (चक्कु) प्रहारबाट एकजनाको हत्या भएको छ ।
गोंगबु बसपार्कनजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई शनिबार बिहान माछापोखरीस्थित नागार्जुन गेस्टहाउसको १०१ नम्बर कोठाबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति विवाद भएपछि झडप हुँदा चक्कु प्रहारबाट तामाङको मृत्यु भएको थियो ।
तामाङको शव अहिले ग्रीनसिटी अस्पताल वसुन्धरामा राखिएको छ ।
हत्याकाबारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्