
तनहुँ, साउन ३१ । तनहुँमा स्थानीयस्तरमै कोरोना संक्रमण पुष्टि भएपछि थप सतर्कता अपनाइएको छ ।
जिल्लाको भानु नगरपालिका, व्यास नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छ ।
व्यक्तिमा कोरोना संक्रमण भएपछि त्यस क्षेत्रका जोखिम स्थानहरुको पहिचान गरी ‘सिल’ गरिएको छ ।
शुक्रबार भानु नगरपालिकाको वडा नम्बर–१ मा एकैपटक समुदायका २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार थप दुईजनामा संक्रमण देखिएको छ ।
लगातार स्थानीयस्तरमा संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित भएका छन् ।
व्यास नगरपालिकामा पनि एकजना महिलामा कोरोना पुष्टि भएपछि शनिबार उनको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्