
रुपन्देही, साउन ३१ । कोरोनाभाइरस संक्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत् बिरामीको मृत्यु भएको छ ।
तीन दिनअघि अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
फोक्सोमा समस्या देखिएपछि उहाँलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
उहाँको प्रारम्भिक ‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएपनि पुनः गरिएको परीक्षण रिपोर्ट भने ‘पोजिटिभ’ आएको छ ।
उहाँ अस्पताल आउँदा नै फोक्सोमा गम्भीर समस्या देखिएकाले आइसीयुमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।
अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा दुई र कोरोना विशेष अस्पतालमा २९ कोरोना संक्रमितको उपचार भइरहेको प्रवक्ता गौतमले बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्