६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सिन्धुपाल्चोकमा एक साता निषेधाज्ञा


0
Shares

sindhupalchwok

सिन्धुपाल्चोक, साउन ३१ । सिन्धुपाल्चोकमा भदौ १ गते सोमबारबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।

शनिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गराइने निर्णय पनि बैठकले गरेको छ ।