
जलेश्वर, साउन ३१ । महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयबासी त्रसित भएका छन् ।
महोत्तरीको भङ्गहा नगरपालिका–५, राजपुरमा १६ जनालाई सर्पले टोकेपछि स्थानीबासी त्रसित भएका हुन् ।
धानखेतमा काम गरिरहेका बेला बिहीबार ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले टोकेपछि उनको मृत्यु भएको थियो ।
शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म थप १५ जनालाई एउटै सर्पले टोकेको भन्दै अहिले सो गाउँभरि त्रास फैलिएको भङ्गहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताउनुभयो ।
अहिले त्यहाँका स्थानीयबासी आ–आफ्नै घरमा सतर्क भएर बसिरहेका छन् भने घरबाट निस्कन छाडेको वडाध्यक्ष शिवकुमार महतोले बताउनुभयो ।
शुक्रबार सात मुस्लिम महिला र एक सरदार पुरुषलाई सर्पले टोकेको भन्दै सर्पदंश उपचार केन्द्र बर्दिबासमा भर्ना गराइ उपचार भइरहेको छ भने अन्य सातजनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ ।
नगरप्रमुख साहले बर्दिबास र स्थानीयस्तरमा उपचाररत् सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्