२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


किर्तीमानी भारतीय क्रिकेट खेलाडी धोनीद्वारा सन्यास, सुरेश रैना पनि धोनीकै बाटोमा


0
Shares

काठमाडौं । भारतीय क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

भारतीय समाचार संस्था पीटिआईका अनुसार धोनीले सबैखाले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा ट्वेन्टी ट्वेन्टी विश्वकप, एकदिवशीय विश्वकप र च्याम्पियन्स ट्रफिको उपाधि जित्ने उनी एकमात्र कप्तान हुन् ।

३९ वर्षीय विकेटकिपर ब्याट्सम्यान धोनीले व्यावशायीक क्रिकेटबारे भने कुनै निर्णय नगरेको जनाइएको छ ।

धोनीले सन् २००४ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । धोनीले अन्तिमपटक सन् २०१९ को एकदिवशीय विश्वकप खेलेका थिए ।

धोनीले तीन सय ५० एकदिवशीय, ९० टेस्ट र ९८ टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यसबीचमा उनले १७ हजार २ सय ६६ रन बनाएका छन् ।

उता अर्का भारतीय व्याट्सम्यान सुरेश रैनाले पनि सन्यास घोषणा गरेका छन् ।

धोनीले सन्यास घोषणा गरेको केहिबेरमै रैनाले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफू पनि धोनीकै बाटो पछ्याउने बताएका हुन् ।

रैनाले भारतका लागि १८ टेस्ट, २ सय २६ एक दिवसीय र ७८ टी–२० खेलेका छन् ।

एक दिवसीयमा पाँच शतक बनाएका रैनाले टी–२० मा एक शतक बनाएका छन् । उनी पछिल्लो समय भारतीय टोलीमा परेका थिएनन् ।