
फाइल तस्वीर ।
वीरगन्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरुमा ३७ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित हुनेमा ८ वर्षका बालक देखि ७० वर्षकी बृद्घ महिला रहेका छन् ।
पर्सा ४५ र बाराका २ जनासहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण हुनेमा एक जना पत्रकार, तीन जना अस्पतालका कर्मचारी पनि रहेको नारायणी अस्पतालका डाक्टर निरज सिंहले दिएको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्