१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनचाँदीको मूल्य तोलामा दुई सय रुपैयाँले घट्यो


0
Shares

काठमाडौं । सुनचाँदीको मूल्य आज साताको पहिलो दिन सामान्य घटेको छ ।

गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज(आइतबार)का लागि छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम गरेको छ ।

गत शुक्रबार तोलाको ९८ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

गत शुक्रबार तोलाको ९८ हजार १ सय तोकिएको थियो । चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले कमी आएको छ ।

गत शुक्रबार तोलाको १३ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य यसदिन १३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तोलामा एक लाख रुपैयाँ कटिसकेको सुनको मूल्य गत बुधबार एकै दिन ६ हजार २ सय रुपैयाँले घटेको थियो ।