१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भरतपुरमा सेना परिचालन


0
Shares

चितवन । भरतपुर महानगरपालिकामा जारी निषेधाज्ञा थप कडाई गर्न सेना परिचालन गरीएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाका समय पैदल यात्री सहितलाई कडा चेक गरेको छ ।

अत्यावश्यक काम भएमात्रै आवतजावत गर्न दिइएको छ भने अन्यलाई पुन आफ्नै गन्तव्यमा फर्काइएको छ ।

चितवनबाट भरतपुर प्रवेश गर्ने नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा चेकजाँच गरेका छन् भने समुदायमा सेनाले गस्ती गरिरहेको छ ।

यता, निषेधाज्ञा जारी सँगै कोभिड १९ पुष्टि भएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउँदै परीक्षणलाई तीव्र पारेको स्वास्थ्य कार्यलय चितवनका प्रमुख दिपकप्रसाद तिवारीले जानकारी दिनुभएको छ ।