
प्रकाश मैनाली,
सर्लाही । सर्पको टोकाईबाट सर्लाहीको हरिवन नगरपालिका–८ निवासी सुशिला सुवेदी प्याकुरेलको निधन भएको छ ।
आईतबार साँझ हरिवन–८ बेताली स्थित आफ्नै घरको भान्सा कोठामा सुशिलालाई गोमन सर्पले टोकेको स्थानीय बासिन्दाले बताएका छन् ।
घरमा एक्लै बस्ने गरेकी उनले आफूलाई सर्पले टोकेको भन्दै चिच्याएपछि स्थानीयले उद्धार गरेर नवलपुर स्थित सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए ।
ब्रेन ट्यूमरकी बिरामी समेत रहेकी सुशिलाको एउटै खुट्टामा तीन ठाउँमा टोकेका कारण सर्पदंश उपचार केन्द्र पुर्याएर उपचार सूरु गर्ने बितिकै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्