
काठमाडौं । भारत उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ ।
७२ वर्षीय चौहानको कोरोना संक्रमणका कारण मृत्यु भएको उहाँका भाइ पुष्पेन्द्रले पुष्टि गरेका हुन् ।
चौहानको गुरुग्राम मेदान्त अस्पतालमा कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी उपचार हुँदै आएको थियो ।
उहाँको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले चौहानलाई शानदार क्रिकेटर र मेहनती राजनेताको रुपमा स्मरण गर्नुभएको छ ।
चौहानको अन्त्येष्टि भोली हुने जनाइएको छ । पूर्व भारतीय क्रिकेटरसमेत रहनुभएका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री हुनुहुन्थ्यो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्