
इलाम । सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टिनमा बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको छ ।
भारतको हैदराबादबाट आएर क्वारेन्टिनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ का पुरुषको गएराती मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भए पछि हिजो सूर्योदय नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेको थियो ।
राती ११ बजे उनको मृत्यु भएको नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिनुभयो ।
गत २९ गते स्वाब संकलन गरी पठाईए पनि उनको रिर्पोट भने आउन वाँकी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्