
पर्सा । पर्सामा थप ९२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकाका गरी ९२ जनामा संक्रमणको पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।
विभिन्न पालिकाको क्वारेन्टिनमा रहेका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब परीक्षण गर्दा ९२ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी, सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानका थप चारजना स्टाफ नर्समा संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानको मेटरनल आईसियूमा कार्यरत चारजना नर्समा संक्रमण पुष्टि भएको प्रतिष्ठानको मेडिसिन विभाग प्रमुख डाक्टर संजिवकुमार शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्