१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


हेटौंडामा ११ प्रहरीसहित थप १६ जनामा कोरोना पुष्टि


0
Shares

corona

हेटौंडा, भदौ १ । मकवानपुरको हेटौंडामा कार्यरत् ११ जना प्रहरीसहित हेटौंडामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपाल प्रहरीमा कार्यरत् रौतहटका दुईजना, सिन्धुलीका एकजना, बाँकेका दुईजना, पर्साका एकजना, धादिङका एकजना, कञ्चनपुरका एकजना र हेटौंडामा कार्यरत् चितवनका तीनजना प्रहरीमा कोरोना देखिएको हो ।

यस्तै, हेटौंडा उपमहानगरपालिका-४ बस्ने तीन महिला र एक पुरुष तथा हेटौंडा-१० मा बस्ने एकजना महिलामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाइँले बताउनुभयो ।

संक्रमित हुने प्रहरी ११ जना नै पुरुष रहेका जनाइएको छ ।