१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गुनासोरहित ‘क्वारेन्टिन’ !


0
Shares

solukhumbu

सोलुखुम्बु, भदौ १ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको फाप्लुमा निर्माण गरिएको ‘क्वारेन्टिन’ सुविधायुक्त भएको क्वारेन्टिनमा बसेकाहरुले बताएका छन् ।

५० शय्याको क्वारेन्टिनमा खान, बस्न, खानेपानी, शौचालय, इन्टरनेट र खेलकुदको व्यवस्था रहेको छ । क्वारेन्टिनमा वैदेशिक रोजगारीबाट आएका युवाहरु बस्दै आएका छन् ।

क्वारेन्टिनमा बसेकाहरुको ‘पीसीआर रिपोर्ट’ आएपछिमात्र घर फर्काउने गरिएको क्वारेन्टिन व्यवस्थापक ङवाङनुरु शेर्पाले जानकारी दिनुभयो ।