
काठमाडौं, भदौ १ । पूर्वपरराष्ट्रमन्त्री एवं परराष्ट्रविद् डा. भेषबहादुर थापाले नेपाल र भारतबीच कूटनीतिक संवादले निरन्तरता पाउने सम्भावना बढेको बताउनुभएको छ ।
पछिल्लो समय दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता हुनु र विकास निर्माणसम्बन्धी निकायबीच वार्ता हुनुले दुई देशबीच रहेको संवादहीनताको अवस्थाको अन्त्य भएको बताउनुभएको हो ।
नेपाल-भारतबीच सीमाका विषयमा विवाद रहेको र नेपालले कुराकानी गर्न भारतलाई पत्राचार गरेको विषयमा भारतले बेवास्ता गरिरहेको अवस्थामा एउटा संयन्त्रको छलफल हुनु र प्रधानमन्त्रीस्तरमा पनि टेलिफोन वार्ता हुनुले संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको तर्क डा. थापाले गर्नुभएको हो ।
उहाँले संवादको सुरुआतमात्रै नभइ समझदारीको नयाँ आधार खडा भएकोसमेत बताउनुभयो ।
सीमा विवादपछि नेपाल र भारतबीच संवादहीनता रहेको बेला सोमबार नेपालका तर्फबाट परराष्ट्रसचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनयमोहन क्वात्राबीच विकास निर्माण सम्बन्धमा वार्ता भएको हो ।
प्रतिक्रिया दिनुहोस्