२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


इन्द्रजात्रा र कुमारी रथयात्रा स्थगित, ३०० वर्षयता पहिलोपटक जात्रा रोकियो


0
Shares

काठमाडौं, भदौ १ । कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा मनाइने यस वर्षको इन्द्रजात्रा र कुमारी रथयात्रा स्थगित भएको छ ।

येयाः जात्रा व्यवस्थापन समितिले गुथि संस्थान र जिल्ला प्रशासन कार्यालय, काठमाडौसँग छलफलपछि जात्रा स्थगित गर्ने निर्णय गरेको हो ।

यसैगरी, यःसिं भक्तपुरमा लिन जाने, कुमारी, गणेश र भैरवको रथयात्रा, दागिं, बौमत र लाखेलगायतका विभिन्न नाचसहित सबै जात्रा रोकिएको छ ।

केन्द्रीय मानन्धर संघले यःसिं लिन भक्तपुरमा नजाने जनाएको छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौंमा आक्रमण गर्दासमेत नरोकिएको जात्रा पहिलोपटक करिब ३०० वर्षपछि कोरोना महामारीका कारण जात्रा रोकिएको जनाइएको छ ।