२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


काठमाडौं उपत्यकामा कोरोना संक्रमित दुई हजार, मृत्यु हुनेको संख्या १०


0
Shares

काठमाडौं, भदौ १ । कोभिड–१९ को संक्रमण बढदै गएपछि उपत्यकामा पनि संक्रमित बढेका छन् ।

अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उपत्यकामा बन्दाबन्दी खुलेपछि संक्रमित बढ्न थालेका हुन् ।

उहाँकाअनुसार अहिलेसम्म काठमाडौं जिल्लामा एक हजार ७०५, भक्तपुरमा १४७ र ललितपुरमा २८२ जना रहेका छन् ।

यस्तै, उपत्यकामा १० जनाको कोभिड–१९ को कारणले मृत्यु भइसकेको छ । यसरी मृत्यु हुनेमा नौजना काठमाडौं र एकजना ललितपुरका रहेका छन् ।

यस्तै, २४१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । काठमाडौं जिल्लामा १६२, भक्तपुरमा ३५ र ललितपुरमा ४४ जना निको भएर घर फर्किएका छन् ।

सोमबारमात्र उपत्यकामा १६८ जना संक्रमित फेलापरेका छन् । काठमाडौंमा १३९ जना, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन् ।

उपत्यकामा अहिलेसम्म सक्रिय संक्रमित एक हजार ८८३ जना रहेका छन् । काठमाडौं जिल्लामा एक हजार ५३४, भक्तपुरमा ११२ र ललितपुरमा २३७ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा २७ हजार २४१ संक्रमित, १७ हजार ४९५ निको भएका, १०७ जना संक्रमणले गर्दा मृत्यु भएका र नौ हजार ६३९ सक्रिय संक्रमित रहेका छन् । रासस