
चितवा । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक सामाग्री खरीद गर्न जाँदा पैदल हिडेर जान निर्देशन दिएको छ ।
सवारी साधन प्रयोग गर्दा भिडभाड बढेको भन्दै पैदल जान निर्देशन दिएको हो । माडी नगरपालिका वाहेक जिल्लाका अन्य स्थानीय तहमा जारी निषेधाज्ञा उल्लंघन गर्नेहरु वढ्दै गएको भन्दै थप कडाई गरिएको हो ।
अत्यावश्यक सामाग्री खरिदका लागि विहान ५ बजेदेखि ८ र वेलुका पनि ५ बजेदेखि ८ वजेसम्मको समय छुट्याइएको छ ।
प्रशासनको निर्देशनलाई अवज्ञा गर्नेहरुमाथि कडा कारवाही गर्ने प्रशासन कार्यालयले चेतावनी दिएको छ ।
चितवनकै राप्ती १ पीप्लेको सडकमा भीड गरेर विवाद सृजना गर्नेहरुलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो । जिल्ला प्रवेश गर्ने नाकमासमेत चेकजाँच कडाई गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्