
सुनसरी । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित विरामीहरुका लागि प्लाज्मा थेरापी सुरु गरिएको छ ।
प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका धरान –८ का ६७ बर्षिय पुरुष विरामीलाई हिजो राति प्लाज्मा थेरापी गरिएको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डाक्टर संजिवकुमार शर्माले जानकारी दिनुभयो ।
ेरोना लागेर निको भएका मोरङको सुन्दर हरैचा नगरपालीकाका एक युवाले प्लाज्मा दान गरेपछी संक्रमितलाई प्लाज्मा चढाइएको हो । प्लाज्मा थेरीपी गर्न कोरोना संक्रमित भएर निको भएका व्यक्तिहरुको रगत आबश्यक पर्दछ ।
कोरोना निको भएका व्यक्तिको शरिरमा भाईरससंग लड्ने एन्टिबडी उत्पादन हुने हुनाले रगतबाट प्लाज्मा छुट्याएर संक्रमित विरामीमा चढाइएको डाक्टर शर्माले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्