२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सुनको मूल्य फेरि एक लाख माथि पुग्यो


0
Shares

काठमाडौं । सुनको मूल्य उकालो लागेर फेरी एक लाख माथि पुगेको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ हजार २ सयले उकालो लागेर १ लाख ४ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो भने २ सयले घटेर ९८ हजार २ सयमा कारोबार भएको थियो । यसअघि साउन २३ गते हालसम्मकै उच्च १ लाख ३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि तोलामा ६५ रुपैयाँले वृद्धि भएर १३ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा यतीबेला सुन प्रतिऔन्स २ हजार ८ डलर हाराहारीमा कारोबार भईरहेको छ ।