१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरामा कोरोनाले एकैदिन दुईजनाको ज्यान गयो


0
Shares

corona

प्रदीप पौडेल (इमेज)

पोखरा, भदौ २ । पोखरामा कोरोनाभाइरसका कारण थप दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकजना पोखरा महानगरपालिका-१६ का र एकजना तनहुँको व्यास नगरपालिकाका बासिन्दा हुन् ।

पोखरा-१६, दिपमा बस्ने ८७ वर्षीय पुरुषको मंगलबार बिहान र तनहुँ, व्यासकी ५० वर्षीया महिलाको सोमबार राति मृत्यु भएको हो ।

तनहुँकी ती महिला सेवा अस्पतालमा उपचाररत् थिइन् । पोखराका पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचाररत् थिए ।

हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर, मुटुको रोगलगायतका दीर्घरोगबाट ग्रसित ती महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको स्वाब परीक्षण गर्दा कोरोनाभाइरस ‘पोजिटिभ’ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

ती महिलाको सोमबार बिहान स्वाब संकलन गरेको र सोमबारै राति ९ बजे पोजिटिभ नतिजा आएको निर्देशनालयले जनाएको छ ।

यसैगरी, पोखरा-१६, दिपका ८७ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा ज्यान गएको हो ।

उनी दुई दिनअघि अस्पताल भर्ना भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।