१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खेलाडीलाई ‘फिटनेस’को चिन्ता


0
Shares

sports

काठमाडौं, भदौ १ । ‘लकडाउन’ खुकुलो भएपछि खुसी भएका खेलाडीलाई फेरि चिन्ता परेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अनिश्चितकालका लागि पुनः खेलकुद गतिविधि बन्द गर्दा अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसले पिरोलेको हो ।

घरेलु अभ्यासमा सीमित भएका खेलाडी बीचको समयमा अभ्यासमा फर्किंदा पुरानो लय गुमेको थियो ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अनिश्चितकालका लागि सम्पूर्ण खेलकुद गतिविधि स्थगित गरेको छ ।

तीन महिना लामो लकडाउनपछि केही प्रावधान मिलाएर खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएपनि पूर्णरुपमा खेलकुद गतिविधि फर्किन सकेको थिएन ।

केही खेलकुद संघलेमात्र तोकिएको मापदण्ड पूरा गर्दै अभ्यासका लागि भदौ १ गतेको साइत कुरिरहेका थिए । अहिले ती नै खेलका खेलाडी पुनः स्थगित हुँदा चिन्तित भएका छन् ।

यस्तै चिन्ताले सताएका राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्ट घरेलु अभ्यासबाट आफूलाई फिट राख्ने प्रयास गरिरहेका छन् ।

त्यसो त अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतार विश्वकप छनोटका लागि उपत्यकाबाहिर र भित्रका ३४ खेलाडीमा कोरोना परिक्षण गर्दै भदौ १ बाट अभ्यास गर्ने तयारी गरेको थियो ।

बढ्दो महामारी र एसियाली फुटबल महासंघ (एएफसी)ले अक्टोबर र नोभेम्बर महिनाका लागि तय भएको छनोट खेल स्थगित गर्ने निर्णय गरेसँगै खेलाडी निराश भएका छन् ।

ती खेलाडीले फिट रहन घरेलु अभ्यासमा रहेका खेलाडीलाई प्रविधिको माध्यमबाट आवश्यक सल्लाह र सुझाव दिइरहेको राष्ट्रिय टोलीका फिजियो आविस्कार पुडासैनीले बताउनुभयो ।