
दीपेन्द्र अधिकारी, राममान डंगोल र सुयेश मानन्धर (इमेज)
काठमाडौं, भदौ २ । परीक्षामा एकरुपता नभएका कारण यस वर्ष एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्डले संक्षिप्त सारबिना नै प्रकाशन गर्यो ।
विद्यालयको आन्तरिक मूल्यांकनलाई नै अन्तिम मूल्यांकन मान्ने र सोहीलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।
सो प्रक्रियाप्रति विद्यालय शिक्षाको उच्च निकाय राष्ट्रिय परीक्षा बोर्डसमेत असन्तुष्ट छ भने शिक्षाविद्हरुले परीक्षाको उद्देश्य नै पूरा नगरेकाले मूल्यांकन प्रणालीमा प्रश्न उठाएका छन् ।
जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले संकटको समयमा बाधा अड्काउ फुकाउ गर्न माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा विद्यालयको आन्तरिक मूल्यांकनलाई नै अन्तिम मूल्यांकन मान्ने र सोहीलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार कार्यविधि बनाएर भदौ १ गते नतिजा पनि सार्वजनिक गरियो । मन्त्रिपरिषद्को निर्णयप्रति पहिलेदेखि नै प्रश्न उठाइरहेको बोर्ड अहिले पनि असन्तुष्ट छ ।
परीक्षामा एकरुपता नभएका कारण यस वर्ष एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्डले संक्षिप्त सारबिना नै प्रकाशन गर्यो । यस वर्ष विगतका वर्षमा जस्तो कति विद्यार्थीले कुन ‘ग्रेड’ पाए भनेर स्पष्ट छैन ।
विद्यालयबाट विद्यार्थीको मूल्यांकन गरेर जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइबाट बोर्डमा प्राप्त अंकमा झन्डै साढे १० हजार विद्यालयले आ–आफ्नै ढंगले मूल्यांकन गरेका छन् ।
कतिपय विद्यालयले पूरा ‘कोर्ष’समेत नपढाइ आन्तरिक मूल्यांकन गरेर प्रमाणीकरणको लागि पठाएका छन् ।
परीक्षा विद्यालयले लिने र बोर्डले प्रश्नपत्रसमेत नहेरी नतिजा प्रमाणीकरण गरेकाले नतिजाको विश्वसनीयतामा नै प्रश्न उठिरहेको छ ।
शिक्षाविद्हरुले भने नतिजाले वैधता पाएपनि एसईईको परीक्षाले परीक्षाको उद्देश्य नै पूरा नगरेकाले मूल्यांकन प्रणालीमा प्रश्न उठाएका छन् ।
बोर्डले कुनै अर्थ नभएको भन्दै संक्षिप्त सार सार्वजनिक गरेन । आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन भएकाले यस वर्ष पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने व्यवस्था छैन ।
परीक्षा गराउन नसकिने भएकाले पुनः परीक्षण गराउने र पूरक ग्रेडवृद्धिको परीक्षा सञ्चालन हुने छैन । ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीले अर्को वर्षसम्म पर्खनुपर्ने बोर्डले जनाएको छ ।
परीक्षाको उद्देश्य नै परिपूर्र्ति नगरी नतिजा प्रकाशन गर्दा त्यसबाट गम्भीर परिणाम आउनसक्ने भन्दै शिक्षाविद्हरुले सचेत गराइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्