१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कांग्रेसद्वारा उद्धार र राहत वितरण गर्न जिल्ला समितिलाई ४५ लाख प्रदान


0
Shares

congress question to primeminister oli on dr kc hunger strike

काठमाडौं, भदौ २ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशभर गएको बाढी तथा पहिरोपीडितहरुलाई उद्धार तथा राहत वितरण गर्न जिल्ला समितिहरुलाई ४५ लाख प्रदान गरेको छ ।

पार्टी मुख्यसचिव कृष्ण पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै ‘स्नेहको सानो सहयोग’को रुपमा उक्त रकम उपलब्ध गराएको जानकारी गराउनुभएको छ ।

जिल्लास्तरीय अभियानलाई बल पुर्‍याउने उद्देश्यले पहिलो चरणमा ३० जिल्लामा एक लाख ५० हजारको दरले उक्त रकम पठाइएको कांग्रेसले जनाएको छ ।

सहयोग पाउने जिल्लाहरुमा लमजुङ, सिन्धुपाल्चोक, मकवानपुर, ताप्लेजुङ, महोत्तरीलगायतका रहेका छन् ।