२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रियसभाका अध्यक्षसित रुसी राजदूतको शिष्टाचार भेट


0
Shares

काठमाडौं, भदौ २ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासित नेपालका लागि रुसी राजदूत अलेक्सइ नोबिकोभले शिष्टाचार भेट गर्नुभएको छ ।

मंगलबार सिंहदरबारमा अध्यक्ष तिमिल्सनासित नेपालका लागि राजदूत नोबिकोभले भेटवार्ता गर्नुभएको हो ।

भेटमा दुई देशबीचको आपसी सम्बन्धको विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

भेटकाक्रममा राजदूत नाबिकोभले नेपालको पर्यटन, ऊर्जा र कृषिको विकासमा मिलेर काम गर्न रुस तयार रहेको बताउनुभयो ।

नेपाल सरकारले विधिवत् ढंगले प्रस्ताव ल्याए आफूले रुसी सरकारसँग पुर्‍याउने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता राजदूतले व्यक्त गर्नुभएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

भेटमा दुई देशबीच कोरोना महामारी नियन्त्रणको लागि गरिएका प्रयासका सम्बन्धमा समेत छलफल भएको थियो ।

अध्यक्ष तिमिल्सिनाले रुसले कोरोनाभाइरसको खोप निर्माण गरी परीक्षण सफल गरेकोमा धन्यवाद दिँदै छिट्टै नै विश्व स्वास्थ्य संगठनको मान्यता पाउने विश्वास व्यक्त गर्नुभयो ।