२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा


0
Shares

kathmandu corona

काठमाडौं, भदौ २ । बुधबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा सात दिन निषेधाज्ञा जारी हुने भएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनओटै सुरक्षा निकायका प्रमुखहरुको मंगलबार साँझ बसेको बैठकले भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बैैठकले अत्यावश्यक सेवाका बाहेक कुनैपनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।

खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवाका सवारी भने सञ्चालन गर्न पाउने निर्णय भएको हो ।

उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि तीनै जिल्लाका प्रशासनले निषेधाज्ञाको कदम चालेका हुन् ।