१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अछामको कैलाश खोलाले बगाएर बेपत्ता भएका ६ जनाको शव भेटियो


0
Shares

अछाम । अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ ।

उनीहरूको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको जनाइएको छ ।

बाढीमा बेपत्ता भएका १५ जनाको खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभएको छ ।

बगेका चार जनाको यसअघि नै बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा शव भेटिएको थियो ।

सोमबार बिहान रामारोशन गाउँपालिकाको सान्तडास्थित सैनीबजारमा पसेको बाढीले कम्तीमा पनि ३० पसलहरु बगेको बताइएको छ ।

अहिलेसम्म ६ जनाको शव फेला परेको र १५ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।