२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चितवनमा नयाँ २० जना कोरोना संक्रमित थपिए


0
Shares

चितवन । चितवनमा नयाँ २० जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमण पुष्टी हुनेमा भरतपुर महानगरपालिकाका ७ महिला सहित १२ जना, राप्ती नगरपालिकाका २ पुरुष, खैरेनी नगरपालिकाका ५ महिला र रत्ननगर नगरपालिकाका १ जना पुरुष रहेका छन् ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा भदौ २ गते परीक्षण गरिएका ५ सय स्वाबमध्ये ३० जनामा संक्रमण पुष्टी भएको थियो ।

अन्य संक्रमण पुष्टी हुनेमा नवलपुरका २ महिला सहित ५ जना, महोत्तरीका १ पुरुष, वाँकेका १ महिला, तनहुँका एक पुरुष, मकवानपुरका १ महिला र बाराका १ पुरुष रहेका छन् ।