१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाका कारण चितवनको अवस्था नाजुक


13
Shares

chitwan

डोलराज रानाभाट (इमेज)

चितवन, भदौ ३ । चितवनमा कोरोनाका कारण स्थिति थप जटिल बन्दै गएको छ ।

स्वास्थ्यकर्मीमा एकपछि अर्को गर्दै कोरोनाको संक्रमण देखिँदै जाँदा स्वास्थ्य सेवा अवरुद्ध छ भने उपचार नपाएर स्थानीयहरु समस्यामा छन् ।

देशमै नाम कहलिएको बीपी कोइराला क्यान्सर अस्पताल भरतपुर सुनसान देखिन्छ ।

तर, बाहिर भने बिरामी लिएर होटलमा बसेकाहरु अस्पतालले कहिले सेवा खुला गर्ला र उपचार गरौंला भन्ने आशामा गेट कुरिरहेको देखिन्छ ।

अस्पतालका नर्स र सरसफाइ कर्मचारी गरी १० जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि अस्पतालबाट प्रवाह हुने सेवा अवरुद्ध छ ।

त्यस्तै, लुम्बिनीबाट छोरीको ‘ब्रेस्ट क्यान्सर’ भएर जचाउन आउनुभएका सत्यनारायणप्रसाद कुर्मी पनि गेटमा टुसुक्क बसेर दुःख पोख्दै गरेको सुनिन्छ ।

रौतहटबाट सासुको उपचार गर्न आउनुभएका सूर्य पालका आफन्तले भर्ना हुन त पाएका छन् तर, उपचारमा पूर्णता नपाउँदै अस्पतालको सेवा बन्द भएको छ ।

ड्युटीमा रहेका नर्स र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उपचारमा संलग्नहरु आजित भएका छन् ।

अस्पतालका निर्देशक डा. देजकुमार गौतमले भने इमर्जेन्सीमा उपचार गराउन आएकाबाट कोरोनाको संक्रमण भएको हो कि भन्ने आशंका बढेको बताउनुभयो ।

उहाँले निर्मलीकरणपछि बन्द भएका सबै सेवा सुचारु हुने आश्वासन दिनुभयो ।

यता, भरतपुर अस्पतालको अवस्था पनि योभन्दा दर्दनाक छ । भरतपुर सरकारी अस्पतालले कोरोना संक्रमितका लागि छुट्ट्याएको ‘बेड’ भरिसकेको बताइरहँदा निजी अस्पतालहरुले अझै बेड छुट्ट्याएका छैनन् ।

निजी अस्पतालहरुमा कार्यरत् चिकित्सकहरुमा पनि कोरोना पुष्टि हुँदै जाँदा स्थिति थप जटिल बन्दै गएको हो ।

तर, पुष्पाञ्जली अस्पतालले भने आफ्नै असपतालमा कोरोना संक्रमितको उपचार गराइरहेको छ ।

सरकारले कुल बेडको २० प्रतिशत कोरोना संक्रमितको उपचारका लागि छुट्ट्याउन निजी अस्पताल र मेडिकल कलेजहरुलाई निर्देशन दिएपनि कार्यान्वयनमा नआउँदा झनै समस्या बढेको देखिन्छ । त्यसैलेपनि छुट्टै एउटा कोरोना अस्पताल बन्नुपर्नेमा चौतर्फी दबाब बढेको छ ।

रातारात बनेको अस्पताल अहिले आफैं थला परेको छ । झाडीले ढाक्न सुरु हुँदासम्म यसको सञ्चालनमा कसैले चासो देखाएको छैन् ।

तर, सञ्चालन गर्न कठिन भने नभएको अस्पतालका अध्यक्ष डा. बोझराज अधिकारी बताउनुहुन्छ ।

दिन-प्रतिदिन थपिएका संक्रमिलते अस्पतालको बेड नै नपाउँदा समस्या झनै भयावह हुने देखिन्छ ।

त्यसैलेपनि आधारभूत स्वास्थ्य सेवा पाउने जनताको अधिकार कुन्ठित हुन नदिनको लागि सरोकारवालाहरु बेलैमा सजग हुनुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्

कोरोनाका कारण चितवनको अवस्था नाजुक

कोरोनाका कारण चितवनको अवस्था नाजुकhttps://www.imagekhabar.com/news/171431/

Posted by ImageKhabar.com on Friday, August 21, 2020