
फाइल तस्वीर ।
स्याङ्जा, भदौ ३ । कोरोनाको संक्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निषेधाज्ञा जारी गरेको छ ।
समुदायस्तरमा कोरोना संक्रमण फैलनसक्ने भन्दै निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
निषेधाज्ञा बुधबारदेखि भदौ ११ गतेसम्म कायम रहनेछ ।
यस अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्