१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्लाहीमा लागुऔषधको कारोबार बढ्यो


0
Shares

सर्लाही, भदौ ३ । सर्लाहीमा ‘लकडाउन’को अवधिमा लागुऔषधको कारोबार बढेको छ ।

यस अवधिमा सबैभन्दा बढी लागुऔषध सोफी रक्सी ८४० कार्टुन बरामद गरिएको छ ।

त्यसैगरी, २२७ केजी गाँजा नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

सर्लाहीका प्रहरी प्रमुख विश्वमणि पोखरेलले लकडाउनको अवधिमा आठ केजी चरेस, वालरेक्स ९३० बोतल, नाइट्राभेट ४२५ ट्याबलेटलगायत बरामद गरिएको बताउनुभयो ।

चोरबाटो हुँदै प्रशासनको आँखा छलेर लागुऔषधको कारोबार हुने गरेको छ । एम्बुलेन्समार्फत् पनि लागुऔषध लुकाइ–छिपाइ ल्याउने गरिएको छ ।

लकडाउनको अवधिमा ६२ जनालाई प्रक्राउ गरी मुद्दा चलाइएको पोखरेलले जानकारी दिनुभयो ।