
काठमाडौं, भदौ ३ । प्रदेश नम्बर-२ मा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार प्रदेशमा सबैभन्दा बढी पर्सा जिल्लामा १०८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, धनुषामा २८, सर्लाही र सिरहमा १९/१९ जना, बारामा १५, सप्तरीमा १३, महोत्तरीमा १२ र रौतहटमा चारजनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबारमात्र प्रदेश-२ मा ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्