
फाइल तस्वीर ।
कल्पना बोहरा (इमेज)
अछाम, भदौ ३ । अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएका १२ जनाको शव फेलापरेको छ ।
बेपत्ता उनीहरुको शव मंगलसेन नगरपालिकाका विभिन्न ठाउँमा फेलापरेको हो ।
बेपत्तामध्ये १५ वर्षीय नविन साउदबाहेक अरुको सनाखत हुनसकेको छैन ।
बाढीमा बेपत्ता भएका पाँचजनाको खोजी भइरहेको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभएको छ ।
सोमबार बिहान रामारोशन गाउँपालिकाको सान्तडास्थित सैनीबजारमा पसेको बाढीले कम्तीमा पनि ३० पसलहरु बगेको बताइएको छ ।
कैलाश खोलामा बाढी आइरहेको हुँदा खोजीकार्य गर्न अफ्ठेरो भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्