
धनगढीको दृष्य । फाइल तस्वीर ।
बिराज रोस्यारा (इमेज)
कैलाली, भदौ ३ । कैलालीमा बिहीबार राति १२ बजेदेखि यही भदौ १४ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ ।
बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बिहीबार (भोलि) राति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो ।
उक्त अवधिमा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा तथा क्षेत्र बन्द रहने उहाँले बताउनुभयो ।
खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता सेवा सञ्चालनमा भने रोक नलगाइने जनाइएको छ ।
कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्