
प्रदीप पौडेल (इमेज)
पोखरा, भदौ ३ । पोखरामा १६ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
मालेपाटनस्थित कृषि तालिम केन्द्रको ‘क्वारेन्टिन’मा बसेका प्रहरीमा बुधबार कोरोना देखिएको हो ।
संक्रमित सबै प्रहरी स्याङ्जाबाट पाँच दिनपहिले पोखरा फर्किएका थिए ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीकाअनुसार स्याङ्जाका प्रहरीलाई कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जा ‘सिल’ गरिएको थियो । त्यसपछि पटक-पटक गरेर पोखराबाट २५ जना प्रहरी सुरक्षाका लागि स्याङ्जा गएका थिए ।
उनीहरु त्यहाँबाट पोखरा फर्किएर क्वारेन्टिनमा बसेका हुन् ।
उता, बुधबार साँझ नै बागलुङमा थप आठजनामा कोरोना पुष्टि भएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ सय १२ पुगेको छ । तीमध्ये १५ सय ६९ संक्रमित निको भएका छन् भने सातजनाको मृत्यु भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्