
सांकेतिक तस्विर
रौतहट । प्रदेश दुईको रौतहटमा एक जना पुजारीको गोली हानी हत्या गरिएको छ ।
गएराति साँढे ९ वजेतिर रौतहटको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा अज्ञात ब्यक्तिले गोली हानी उनको हत्या गरेको रौतहटका प्रहरी उपरीक्षक रबिराज खड्काले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक खड्का सहितको टोली राती नैं घटनास्थल पुगि अनुसन्धानमा जुटेको छ ।
प्रतिक्रिया दिनुहोस्