१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बायर्न म्युनिख च्याम्पियन्स लिगको फाईनलमा, उपाधि भिडन्त पिएसजीसँग हुने


0
Shares

काठमाडौं । फ्रान्सको ओलम्पिक लियोंलाई हराउँदै जर्मनीको बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

पोर्चुगलमा गएराति भएको दोस्रो सेमिफाईनल खेलमा बायर्नले लियोंलाई ३–० ले हरायो । बायर्नको जितमा सर्जी नाब्रीले दुई गोल तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

जितसँगै बायर्न म्युनिख ११ औं पटक युरोपको सर्वोच्च क्लब प्रतियोगिता च्याम्पियन्स लिगको फाईनलमा पुगेको हो । बायर्नले अहिलेसम्म ५ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

उ भन्दा बढी लिभरपुलले ६ पटक, एसि मिलानले ७ पटक तथा रियाल मड्रिडले १३ पटक यो उपाधि हात पारेका छन् ।

जारी सिजनको उपाधिका लागि बायर्नले अब फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी.) को सामना गर्नेछ ।

पहिलो सेमिफाईनल खेलमा जर्मनीको आर.बी लेप्जीगलाई पाखा लगाउँदै पिएसजी पहिलो पटक फाईनलमा पुगेको हो । एजेन्सी