१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धरानमा मृत्यु भएका सप्तरीका युवकमा कोरोना पुष्टि


0
Shares

सुनसरी । धरानमा मृत्यु भएका सप्तरीका युवकमा कोरोना पुष्टि भएको छ । धरानमा मंगलबार मृत्यु भएका राजविराज ४ का २८ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएका युवकको मंगलबार दिउँसो मृत्यु भएको थियो ।

राजविराजमा शव ल्याई स्वाब परीक्षण गर्दा बुधबार राति पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सप्तरीमा यी युवकसँगै कोरोना पुष्टि भएर ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।