काठमाडौं । सुनको मूल्य १ हजार ६ सयले घटेको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सयले घटेको हो ।
आज सुन तोलाको ९८ हजार ८ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो भने सुन प्रतितोला एक लाख ४ सयमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्