१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


लिदी पहिरोमा मृतकको संख्या २९ पुग्यो, १० जना अझै बेपत्ता


0
Shares

sindhupalchowk landslide death missing

चौतरा, भदौ ४ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर-२, लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

बिहीबार १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, पाँच वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव भेटिएपछि मृतकको संख्या बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।

पहिरोमा बेपत्ता १० जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस