
फाइल तस्वीर ।
कैलाली, भदौ ४ । सुदूरपश्चिम प्रदेशमा विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
पछिल्लो दुई महिनामा सुदूरपश्चिममा विपद्मा परी ६४ जनाको मृत्यु भइसकेको छ ।
घरबारबिहीन भएका, पूर्ण क्षति र आंशिक क्षति भएकाहरूलाई राहत दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि प्रदेश मन्त्रिपरिषद्ले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्