
बिराज रौस्यारा (इमेज)
कैलाली, भदौ ४ । सुदूरपश्चिम प्रदेशमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा बिहीबार १२९ जनामा संक्रमण देखिएको हो ।
ती प्रयोगशालामा पछिल्लो २४ घन्टामा एक हजार २११ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये १२९ जनामा संक्रमण पुष्टि भएको हो ।
कैलालीका ५०, डोटीका ३४, अछामका ३०, कञ्चनपुरका १४ र डडेल्धुराका एकजनामा कोरोना देखिएको जनाइएको छ ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार २१५ पुगेको छ ।
संक्रमण पुष्टि भएकामध्ये चार हजार ३०० जनाभन्दा बढीले कोरोनालाई जितेको बताइएको छ । १२ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्