१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जुम्लामा ५६ नयाँ संक्रमित थपिए, चितवनमा संक्रमितको संख्या ३ सय ४ पुग्यो


0
Shares

काठमाडौं(जिल्ला ब्यूरो) । यसअघि थोरै मात्र सक्रमण रहेको जुम्लामा एकै पटक ५६ जना नयाँ संक्रमित थपिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको परिक्षणमा ५६ जनामा संक्रमण देखिएको हो ।

जुम्लामा यति धेरै संक्रमित देखिएको यो पहिलो पटक हो । हिमा गाउंपालिकाका ५१ जना र नाग्मका ५ जना गरि ५६ जनामा संक्रमण देखिएको हो ।

जुम्लाको चन्दननाथ नगरपालिका सहित सात वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।

यसैगरी चितवनमा कोरोना संक्रमितको सख्या ३ सय पुगेको छ । हिजो चितवनका २२ जना सहित २६ जनामा संक्रमण देखिएको हो । चितवनमा २२ जना थप भएपछि संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

प्यूठानको झिमरुक गाउँपालिकाका २ जना कर्मचारीमा कोरोना देखिएपछि झिमरुक गाउँपालिकाको कार्यालय सहित बिभिन्न स्थान शिल गरिएको छ ।

कर्मचारीसहित ६ जनामा हिजो कोरोना संक्रमण पुष्टी भएपछि पालिकाको कार्यालय रहेका क्षेत्र शिल गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै जिल्लामा संक्रमण फैलिदै गएपछि १५ गतेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ ।