
प्यूठान । कोरोना संक्रमणका कारण प्यूठानमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ बर्षिय मान बहादुर गौतमकोे कोभिड अस्पताल बुटवलमा मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुश्कल श्रेष्ठले जानकारी दिनुभयो ।
उनलाई गत साउन ३२ गते संक्रमण पुष्टि भएको थियो । उनी उच्चरक्तचाप र मधुमेहका रोगी थिए ।
संक्रमण पुष्टि भएपछि नगरपालिकाको आइसोलेसनमा बस्दै आएका उनमा कोरोनाका लक्षण देखिएपछि उपचारका लागि कोभिड अस्पताल बुटवल पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्