२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौंको बलम्बुमा नौं किलो चरेशसहित एक महिला पक्राउ


0
Shares

काठमाडौं । काठमाडौंको बलम्बुबाट ९ किलो चरेशसहित एक महिला पक्राउ परेकी छिन् ।

महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङलाई ९ किलोग्राम ३५० ग्राम चरेशसहित पक्राउ गरिएको हो ।

प्रहरीको टोलीले चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट गएराति उनलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा ठूलो मात्रामा चरेश बरामद भएको जानकारी दिनुभयो ।

थिङमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको वृत्तले जनाएको छ । पक्राउ परेका थिङका श्रीमान फुलबहादुर तामाङ फरार रहेका छन् ।