
काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गर्नुभएको हो ।
मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोकत्वमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै जनस्वास्थ्य अधिकृत सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिले प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आइपर्ने समस्यालाई प्रदेश, जिल्ला र स्थानीयतहसँग समन्वय गर्ने र कोभिड–१९ बाहेकको अन्य नियमिति सेवा प्रवाह गर्न समन्वय गर्नेछ ।
दुईदेखि तीन हप्ता समय दिइएको समितिले स्थलगत अवस्थाको अध्ययन गरी सरोकारवाला निकायसंग समन्वय गरी कोभिड–१९ का बिरामीलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा व्यवस्था गर्नेछ ।
यस्तै समितिले कन्ट्याक्ट ट्रेसिसङलाई प्रभावकारी बनाउन समन्वय गर्ने, नेपाल प्रवेश गर्ने नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई अनिवार्यरुपमा मापदण्डअनुसार क्यारन्टिन र होल्डिङ सेन्टरमा राख्ने र अनिवार्य रुपमा पिसिआर परीक्षणको व्यवस्थाको समन्वय गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्